कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका(४ का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो।
मङ्गलवार राति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनी गत पुष २२ गतेबाट अस्पतालमा उपचाररत रहेका बताइएको छ।