Wed May 18 2022
देश

विश्वभरिमा नयाँ सङ्क्रमित २०.७१ लाख

एजेन्सी । मंगलबार विश्वभरिमा २०.७१ लाख जना कोरोनाबाट सङ्क्रमित भएका छन् । भने ५ हजार २८६ को मृत्यु समेत भएको छ ।

नयाँ सङ्क्रमितमा अमेरिकामा पहिलो स्थानमा छ ।

यसैबीच अस्ट्रेलियामा मंगलबार महामारीको रेकर्ड तोडेको छ । तीव्र दरमा बढेको ओमिक्रोनको प्रकोपले अस्पतालमा भर्ना हुनेको सङ्ख्या रेकर्ड स्तरमा पुगेको थियो ।

देशको अस्पतालमा केवल १२ प्रतिशत बेड मात्रै उपलब्ध रहेको छ । अस्ट्रेलियामा अब ओमिक्रोनको प्रकोप शीर्ष स्थानमा छ र मंगलबार मात्रै ७३ हजार नयाँ सङ्क्रमित दर्ता भएका छन् ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले निजी अस्पतालका लागि देशभरको ओमिक्रोन प्रभावित क्षेत्रमा ५७ लाख नर्स र १ लाख भन्दा बढी कर्मचारी पठाउने योजना बनाएको बताएका छन् । यसरी ने संकमण बढेदै गए स्वास्थ्यकर्मीको बिदा पनि रद्द गर्न सकिने उनले बताए ।

स्वास्थ्य मन्त्रीले देशकै दोस्रो ठुलो राज्यको अस्पतालहरूमा आपत्कालीन स्थितिको घोषणा गरेका छन् । एक दिनमा तीन सर्वाधिक जनसङ्ख्या भएको राज्यमा ७४ सङ्क्रमितको मृत्यु भएको छ ।

न्यू साउथ वेल्समा ३६, भिक्टोरियामा २२ र क्विन्सल्यान्डमा १६ बिरामीको मृत्यु भएको छ । भिक्टोरिया राज्यको राजधानी मेलबर्नको अस्पतालमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।