Sat May 21 2022
देश

गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गर्दा एकजना प्रहरी सहायक निरीक्षक (असई) ​घाइते भएका छन् ।

बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरे घाइते भएको बताएका छन् । टाउकोमा चोट लागेका उनको उपचार जारी छ ।

गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताए ।