Wed May 18 2022
Uncategorized

जिम्बावेसँग श्रीलंका २२ रनले पराजित

एजेन्सी । श्रीलंका भ्रमणमा रहेको जिम्बावेले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोलीलाई हराएको छ ।

गएराति भएको खेलमा जिम्बावेले श्रीलंकालाई २२ रनले हराएको हो । जितसँगै तीन खेलको सिरिजमा जिम्बावेले १–१ को बराबरी गरेको छ । पहिलो खेलमा श्रीलंका ५ विकेटले विजयी भएको थियो ।

जिम्बावेले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कप्तान डसुन शनकाले १ सय २ रनको शतकीय इनिङ्स खेले ।

जिम्बावेका टेण्डाई चतरा र ब्लेसिङ मुजराम्बानीले ३÷३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।