Wed May 18 2022
मुख्य खबर

ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ

बाँके । बाँकेमा ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–३ का अध्यक्ष रामचरण थारू ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । मंगलबार एक पत्रकार सम्मेलन गरी प्रहरीले उहाँलाई सार्वजनिक गरेको हो ।

अन्य तीन जनासँग बसेर सेवन गरिरहेका वडाध्यक्ष थारूलाई रंगेहात पक्राउ गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी रवीन्द्र घिमिरेले बताउनुभयो । वडाध्यक्ष थारूले ब्राउन सुगर सेवन गर्छन् भन्ने पत्ता लगाएको प्रहरीले केही दिनदेखि पिछा गरिरहेको थियो । उहाँलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा बाँकेमा लागूऔषधसहित ८८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ५ लाख ११ हजार रुपियाँ बरामद भएको छ ।