Fri May 20 2022
अन्तर्राष्ट्रिय

कजाकस्तानमा इन्धनको मूल्यवृद्धि विरुद्ध भएको हिंसामा २२५ जनाको मृत्यु

एजेन्सी । कजाकस्तानमा एक साता लामो हिंसामा परि अहिले सम्म २२५ जनाको मृत्यु भएको छ ।

इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । आपतकालको समयमा मारिएका २२५ जनाको शवको अन्त्येष्टि भएको सरकारी कार्यलयका एक अधिकारीले दाबि गरेका छन् ।

प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्येष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए । मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि रहेका छन् ।

यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिंसा चर्किँदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थियो ।