Wed May 18 2022
देश

राजदूत नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने सुनुवाइ समितिको निर्णय

काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने ििनर्णय भएको छ ।

सभापति लक्ष्मणलाल कर्णका अनुसार राजदूत सिफारिस समानुपातिक समावेशी नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई उपयुक्त मितिमा बोलाएर जानकारी माग गर्ने निर्णय गरेको हो ।

संविधानको धारा ४२ मा समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने उल्लेख छ ।

तर राजदूतलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्ति संविधानको मर्मअनुरुप समानुपातिक समावेशी नपाइएको समितिको निष्कर्ष छ ।

पछिल्लो पटक अमेरिका, भारत र बेलायतका राजदूतका लागि भएका सिफारिस पनि समावेशी नभएको भन्दै समितिका सदस्यहरूले प्रश्न उठाएका थिए ।