Tue May 17 2022
Breaking News

नेपालमा कोरोना संक्रमण दर हालसम्मकै उच्च, ११ हजार ३५२ जनामा पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणले हालसम्मकै उच्च रेकर्ड तोडेको छ ।

नेपालमा थप २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ । भने ४ जनाको मृत्यु भएको छ ।

६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।