Sun Nov 27 2022
मुख्य खबर

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धाको ज्यान गयो

सर्लाही । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ ।

सर्लाहीको गोडैता नगरपालिका(११ सिसौटियामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीको ज्यान गएको हो ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।