Sun Nov 27 2022
खेलकुद

आहा रारा गोल्डकप आजबाट आजदेखि सुरु

काठमाडौं । बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आजदेखि सुरु हुँदैछ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपिएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

यसबर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ । त्यस्तै सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबले जनाएको छ ।

स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले बताएका छन् । प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ ।