एजेन्सी । भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । भने ४४१ जनाको मृत्यु भएको छ ।
यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् ।
भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ ।
अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।