Fri May 27 2022
देश

एमाले महोत्तरी अधिवेशन कोरोनाको कारण स्थगित

महोत्तरी । एमाले महोत्तरी अधिवेशन कोरोनाको कारण देखाउँदै स्थगित भएको छ ।

बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाको कारण देखाउँदै रोकिएको हो ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।

तर यो आचारसंहिता नभएको भए पनि जिल्ला अधिवेशन गर्न नसकिने एमालेकै नेताहरूको तर्क छ ।

अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने एकथरी नेताको ठोकुवा छ भने अर्कोथरी नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।

महोत्तरीमा अधिवेशनको तयारी नपुगेको भन्दै २४ र २५ पुसमा गर्नुपर्ने अधिवेशन ५ र ६ माघलाई निर्धारण गरिएको थियो ।