Thu May 26 2022
आर्थिक

सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।