Sun Jun 26 2022
देश

आँपको बगैँचामा युवतीको शव फेला

धनुषा । धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा अन्दाजी २५ वर्षीया युवतीको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिएका छन् ।

युवतीको पहिचान भने खुलिसकेको छैन । ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । यता सो घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यता घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।