Mon May 16 2022
देश

भक्तपुरमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

बिहीबारदेखि कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरको हो ।

अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वाय रूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिइन् ।

कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नु परेकाले प्रशासनले यस्तो निर्णय गरेको हो ।

उनले पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यकरूपमा घर बाहिर ननिस्कन, अनिवार्य मास्क प्रयोग गर्न र भीडभाड नगर्न सबैमा आह्वान गरिन् ।