Thu May 26 2022
देश

चन्द्रागिरी डाँडामा हिउँ पर्न शुरु

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको छ ।

बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ ।

चन्द्रागिरी हिल्स प्रालिको फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ ।

गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।