Thu May 26 2022
आर्थिक

३८ अंकको करेक्सनपछि नेप्सेमा ३२ अंकको सुधार

काठमाडौं । आज नेप्सेमा ३२ अंकको सुधार आएको छ ।

बुधबारको ३८ अंकमाथिको करेक्सनपछि आज नेप्सेमा ३२ अंकको सुधार आएको हो ।

नेप्से सूचक ३२.९६ अंकले बढ्दै २९ सय ३१.२६ विन्दुमा उक्लिएको हो ।

गत बुधबार यस्तो सूचक अधिकतम ३८।३५ अंकले घट्दै २८ सय ९८.३१ बिन्दुमा अडिएको थियो । तर, आज ३२ अंक माथिले नेप्से सूचक उकालो लागिराख्दा यता कारोबार भने गत बुधबारको भन्दा पनि तल झरेको छ ।

आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने झण्डै दर्जन हाराहारीका कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ ।

साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन ३२ अंक बढेको बजारमा जम्मा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

यसदिन आईसीएफसी फाइनान्स लिमिटेडका डिभेन्चर लगानीकर्ताहरूले अधिकतम ४.३९ प्रतिशतले गुमाएका छन् ।