जोडिनुहोस
  • होमपेज
  • महिला विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा, को को पुगे ?

महिला विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा, को को पुगे ?

काठमाडौँ । जारी महिला फुटबल विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

मंगलबार राउण्ड १६ को अन्तिम खेल सम्पन्न भएसँगै विश्वकपको क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो ।

विश्वकपको अन्तिम आठमा स्पेन, नेदरल्याण्डस, जापान, स्विडेन, अस्ट्रेलिया, फ्रान्स, इङल्याण्ड र कोलम्बिया पुगेका छन् ।

साथै राउण्ड १६ मा पुगेका स्वीट्जरल्याण्ड, दक्षिण अफ्रीका, नर्वे, अमेरिका, डेनमार्क, मोरक्को, नाइजेरिया र जमैकाको विश्वकपको यात्रा सकिएको छ ।

साथै यस अघि विश्वकप सबैभन्दा बढी चार पटक जितेको अमेरिका, २ पटक जितेको जर्मनी र एक पटक जितेको नर्वे विश्वकपबाट बाहिरिइसकेका छन् । अब यसअघि विश्वकप जितेको जापान मात्र क्वाटरफाइनलमा पुगेको छ ।

अब क्वाटरफाइनलका खेलहरु अगस्त ११ र १२ मा हुदै छन् ।

अगस्त ११ मा स्पेन र नेदरल्याण्डसबीच र जापान र स्विडेनबीच खेल हुने छ । त्यस्तै अगस्त १२ मा अस्ट्रेलिया र फ्रान्सबीच तथा इङल्याण्ड र कोलम्बियाबीच खेल हुने तालिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका