Fri May 20 2022
आर्थिक

७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार

कुल ७५३ स्थानीय तहमध्ये २०७८ मंसिरसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७७ मंसिरसम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ मंसिर मसान्तमा १२९ रहेको छ ।

यस मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको जनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६ सय ८३ रहेकोमा २०७८ मंसिर मसान्तमा ११ हजार १ सय ८३ पुगेको छ ।