Tue May 17 2022
खेलकुद

विश्वकपको ग्लोबल छनोटका लागि राष्ट्रिय टिमको घोषणा

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गरेका हुन् । युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदिप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

विनोद भण्डारी, सोमपाल कामी टिममा अटाएका छैनन् । विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।