जोडिनुहोस
  • होमपेज
  • बाबुलको स्वर तथा सङ्गीतमा विदुरको ‘व्यथा’ सार्वजनिक (भिडियो)

बाबुलको स्वर तथा सङ्गीतमा विदुरको ‘व्यथा’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गीतकार तथा संगीत सर्जक बिदुर राज गिरीको पछिल्लो गीत ‘व्यथा’ सार्वजनिक भएको छ ।

गिरीले आफ्नै शब्द र चर्चित गायक तथा संगितकार बाबुल गिरीको आवाजमा कलाकारहरुको वेदनालाई समेटि म्युजिक भिडियो ‘ब्यथा’ आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका हुन् ।

निकै मार्मिक तथा दुःखका शब्दले भरिपूर्ण गीत कर्णप्रिय छन् । गीतको भिडियोमा पनि एक व्यक्तिको जीवनमा आइपर्ने विभिन्न पिर, व्यथा देखाइएको छ ।

कलाकार विनोद श्रेष्ठ, सोनीका बास्तोला, गीतकार गिरी , ब्रिजेशराज गिरी लगायतको अभिनय रहेको भिडियोमा एउटा पुरुष व्यक्तिको जीवनको उतारचढाव देखाइएको छ । भिडियोको निर्माता सुजाता गिरी हुन् ।

सुबि प्रोडक्सनले निर्माण तथा उमेश गुरुङको निर्देशन रहेको भिडियोका व्यवस्थापक प्रदीप गिरी हुन् । सुनिल भण्डारीको छायाङ्कन रहेको भिडियो रोशन धितालले सम्पादन गरेका हुन् ।

यस अघि गिरीले गायक शिव परियारको आबजमा ” लजालु नयन ” प्रमोद खरेल र बानिका प्रधानको आबजमा “शिव बम बम” साथै टीका बोम्जनको आबाजमा “पर्देश बाट तिमी फर्की आउ ” आफ्नै “बिदुर राज गिरी ” युटुब च्यानलबाट प्रसारण गरि सकेका छन । यसका साथै अन्य गीतको पनि तयारी गरि रहेका बताएका छन । गिरी एक कुसल फिल्म स्कृप्ट लेखक पनि हुन ।

भिडियो…

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका