जोडिनुहोस
  • होमपेज
  • बोल्न नपाएको उपसभामुखको गुनासो

बोल्न नपाएको उपसभामुखको गुनासो

काठमाडौं।उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन् ।

उपसभामुख रानाले भनिन्, ‘प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरू बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५–६ दिनपछि संसद् खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ ।’

रानाले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् । उपसभामुख रानाले देशमा सुशासन नभइ कुशासन रहेको दाबी गरिनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका