Mon May 23 2022
अन्तर्राष्ट्रिय

लाइबेरियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २९ जनाको मृत्यु

एजेन्सी । लाइबेरियाको राजधानी मोनरोभियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ११ बालबालिका सहित २९ जनाको मृत्यु भएको छ ।

मोनरोभियाको उत्तरी भागमा रहेको न्यू क्रु टाउनको फुटबल मैदानमा भएको कार्यक्रममा भागदौड मच्चिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भागदौडमा सयौं घाईते भएका कारण मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्रिस्चियन धर्मावलम्बीहरुको प्रार्थना सभामा भएको भागदौडको कारण भने खुल्न सकेको छैन ।

यद्यपी, केही मानिसले हातहतियार बोकेर प्रार्थना गरिरहेकाहरु माथि आक्रमण गर्न थालेपछि भागदौड मच्चिएको बताइएको छ । घटनामा संलग्न रहेका आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।