Mon Jul 4 2022
देश

आहा रारा गोल्डकपमा नेपाल पुलिसले हिमालयन शेर्पाको सामना गर्ने

पोखरा । पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने प्रि–क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो २ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनासहित मैदान उत्रने छन् । यस खेलको विजेताले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

यसअघि बिहीबार सम्पन्न उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २ शुन्यले हराएर एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।