एजेन्सी । दक्षिण अफ्रिकी मुलुक घानामा शक्तिशाली विस्फोट हुँदा १७ जना भन्दा बढीको मृत्यु भएको छ ।
घानाको एपीएट सहरमा शक्तिशाली विष्फोट हुँदा हालसम्म १७ जनाको शव भेटिएको त्यहाँका सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
तर, प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक रुपमा जानकारी गराइसकेको छैन ।
औपचारिक रुपमा पुष्टि हुन नसके पनि विस्फोटमा ५९ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीका अनुसार सुन खानीको रुपमा चिनिने एपीएट सहरमा विष्फोट भएको हो ।
खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको खबरमा उल्लेख छ ।
विस्फोटपछि धुलो र धुवाँको मुस्लो उडेको तस्बिर सार्वजनिक भएको छ । विस्फोटपछि कयौँ भवनहरु भत्किएका छन् भने भग्नावशेषमा केही पुरिएका आशंका गरिएको छ ।
घानाका राष्ट्रपति नाना अकुफो अड्डोले भग्नावशेषमा पुरिएकाहरुको उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको बताएका छन ।