एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ७०३ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा ९ हजार ६९२ मा ओमोक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । हिजो ३ लाख १७ हजार ५३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, २ लाख ५१ हजार ७७७ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ पुगेको छ । हाल भारतमा कोरोनाको दैनिक संक्रमण दर १७.९४ रहेको छ ।
भारतमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख ८८ हजार ३९६ पुगेको छ।