Wed May 18 2022
खेलकुद

बेइजिङमा हुने विन्टर ओलम्पिकमा नेपाल सहभागी नहुने

काठमाडौं । विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने भएको छ ।

चीनमा अर्को महिना सुरु हुने विन्टर ओलम्पिकमा नेपालबाट सहभागीता नहुने पक्का भएको हो ।

छनोट र कोटामा समेत खेलाडी पर्न नसकेपछि चीनले पहिलो पटक आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा नेपालको सहभागीता शुन्य हुने भएको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का प्रमुख कार्यकारी अधिकृत (सिईयो) चतुरानन्द वैद्यले विन्टर ओलम्पिकमा नेपालको सहभागीता नरहने पुष्टि गरे ।

खेलाडी सहभागी नहुने भएपछि विन्टर ओलम्पिकमा सम्बन्धित देशका पदाधिकारी समेत सहभागी हुन पाउदैनन् ।

सोही कारण यस वर्षको विन्टर ओलम्पिकमा नेपालको सहभागीता शुन्य देखिने भएको हो । यस वर्षको विन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म चीनको बेईजिङमा सञ्चालन हुदैछ ।