Wed May 18 2022
अन्तर्राष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या ३४ करोड नाघ्यो

एजेन्सी । विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७२ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २८ लाख नाघेको हो ।

विश्वभरको कोरोना तथ्यांक अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १६ लाख निको भएका छन् । सोही अवधिमा आठ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ७ करोड नाघेको छ ।

अममेरिकामा मात्र २४ घण्टामा चार लाख ९३ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख ५ हजार निको भएका छन् । सोही अवधिमा दुई हजार बढीको मृत्यु भएको छ ।