Tue May 17 2022
देश

श्रीमानको हत्यामा संलग्न श्रीमती पक्राउ

काठमाडौं । श्रीमानको हत्यामा संलग्न श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानको हत्यामा आरोपी भनिएकी २६ वर्षीया बिना सिङतानलाई सुक्ष्म अनुसन्धानपछि महानगरीय प्रहरी वृत सातदोबाटो पक्राउ गरेको हो ।

महालक्ष्मी नगरपालिकामा मृत भेटिएका कुमार सिङतानको सुक्ष्म अनुसन्धानपछि आरोपी पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस घटनामा श्रीमतीले नै घटनाको अनुसन्धान गरि पाउँ भनेर जाहेरी दिएकी थिइन् ।

उनले श्रीमानलाई दाउराले पटकपटक प्रहार गरेको र पछि होशमा नआएपछि श्रीमानलाई बोकेर गोरेटो बाटोमा घोप्टो अवस्थामा राखेर फर्किएको स्विकार गरेकी छन् ।

वृतका प्रहरी निरीक्षक हरि वलीको कमाण्डको टोलीले मृत्तकको घरकोठा खानतलासीसँगै फोन सम्पर्कको गहिरो अनुसन्धानपछि हत्या संलग्न श्रीमती पक्राउ गर्न सफल भएको हो ।

आरोपी बिनाले प्रहरीले गरेको सोधपुछमा श्रीमानलाई दाउराले पटकपटक प्रहार गरेको र पछि होशमा नआएपछि श्रीमानलाई बोकेर गोरेटो बाटोमा घोप्टो अवस्थामा राखेर फर्किएको स्विकार गरेकी छन् ।