Thu May 26 2022
देश

सिंहदरबार प्रवेश गर्दा खोप कार्ड अनिवार्य

काठमाडौं । आजदेखि कारोना विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरिएको हो ।

सरकारी कार्यालयलगायत, होटल, रेष्टुरेन्ट, सिनेमाहल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य देखाउनु पर्नेछ ।