Wed May 18 2022
देश

अटेर गरी खुल्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौं । सरकारको निर्णय विपरीत अटेर गरी खुल्ने विद्यालयलाई काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका गुनासो आएको अधिकृत सुवेदीले जानकारी दिए ।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।