Wed May 18 2022
देश

थप १०,७०३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित संख्या ६५ हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने ३ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ७६६ जना निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । भने २३ हजार ९२ जनाको नमुना परीक्षण गरिएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् ।

यस्तै कुल मृतकको संख्या ११ हजार ६३५ जना पुगेको छ ।