जोडिनुहोस
  • होमपेज
  • देउवाले बोलाए संसदीय कार्यसमिति बैठक

देउवाले बोलाए संसदीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा दलको कार्यासमिति बैठक बस्न लागेको हो ।

कांग्रेसको संसदीय दलको कार्यसमितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाले बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् ।

संसदको गतिरोधका विषयमा छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । साउन १० यता सुनस्तरी प्रकणमा संसदीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका