जोडिनुहोस
  • होमपेज
  • नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सिआईबीले पक्राउ गरेको छ । बिहीबार दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै शर्मालाई पक्राउ गरेर लगेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

केही दिनदेखि सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद शर्मालाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा पक्राउ गरिएको बुझिएको छ । शर्माले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको आरोप लगाएका थिए ।

उनले संसद् र संसदीय समिति बैठकमै गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोप लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका