Tue May 17 2022
अन्तर्राष्ट्रिय

प्रियंका चोपडा आमा बन्दै

एजेन्सी । नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । सरोगेसीबाट आफू आमा बनेकी उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

यसअघि नै प्रियंकाले आफू आमा बन्न चाहेको बताएकी थिइन् ।

उनले समाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं । सबैलाई धेरै धेरै धन्यवाद ।’

‘म मजाक गरिरहेकी हुँ,’ प्रियंकाले हाँस्दै भनेकी थिइन्, ‘तर निकको अनुहार हेर्न लाएकको थियो।’

जोनसका तीन दाजुभाइ निक, केभिन र जोको हालै नेटफ्ल्क्सिमा रिलिज भएको नयाँ कार्यक्रम ‘जोनस ब्रोथर्स फ्यामेली रोस्ट’मा उपस्थित भएर प्रियंकाले आफु आमा बन्न लागेको घोषणा गरेकी हुन् ।

उनले यस्तो कुरा कार्यक्रममा सार्वजनिक गर्ने बित्तिकै निक सुरुमा अलमल देखिएका थिए । बलिउड लाइफका अनुसार प्रियंकाको आमा बन्ने घोषणा केबल एउटा मजाक थियो । उनले कार्यक्रमकै लागि भनेर यस्तो ठट्टा गरेकी थिइन् ।

उनले सन् २०१८ डिसेम्बरमा निक जोनससँग विवाह गरेकी थिइन् । निकोलस जेरी जोनास एक अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता हुन् ।