Mon May 16 2022
अन्तर्राष्ट्रिय

स्वस्तिमा खड्काको साउथ आइटम डान्स यूट्युबको टेण्ड्रिगं ४ मा (भिडियो)

काठमाडौं – नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ’थिरीमाली’ को आइटम गीत सार्वजनिक भएको छ । मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो ।

फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ । तीन मिनेट ४९ सेकेन्डको गीत ’सायना म्युजिक’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सुनिधि चौहानको स्वरमा रहेको ’रंग–बिरंगी’ बोलको गीतमा स्वस्तिमा भारतीय आइटम गीतको शैलीमा नाचेकी छन् ।

यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन् । जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन् । त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन् । यो गित अहिले युट्युबको टेण्ड्रिङ ४ मा छ ।

फिल्ममा नेपालका काठमाडौं, पोखरा र लुक्ला लगायतका थुप्रै स्थानका दृश्यहरू छन् । थिरिमालीका मुख्य कलाकारको सूचीमा स्वस्तिमा खड्काको पनि नाम उल्लेख छ ।

भिडियो हेर्नुहोस्: