जोडिनुहोस
  • होमपेज
  • संसद नचलेको दिन रास्वपाका सांसदहरूले सुविधा नलिने

संसद नचलेको दिन रास्वपाका सांसदहरूले सुविधा नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए ।

उनले भने, ‘हामीले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिकरूपमा पत्र दर्ता गराएका छौं ।’

उनले सरकार र प्रतिपक्षी दलबीचको कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका