जोडिनुहोस
  • होमपेज
  • सुनील शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गर्यो : चन्द्र भण्डारी

सुनील शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गर्यो : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले आफ्नै पार्टीका अर्का सांसद डा.सुनील शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।

शुक्रबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएका हुन् ।

‘जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन । सुनिल शर्मालाई थुन्नुपर्छ भन्ने छैन । मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु। तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन्। बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो’भण्डारीले भने ।

उनले ललिता निवास प्रकरणको उदाहरण दिँदै सुनिल शर्मालाई पक्राउ गर्नु गलत भएको दाबी गरे ।

कांग्रेस नेतासमेत रहेका भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदाहुँदै सकिइसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए ।

‘नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन । सुनिल शर्माले बोलेको कसैलाई नपचेको होला नि’, उनले भने, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने । सुनिल शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका