जोडिनुहोस
  • होमपेज
  • पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर भएर लागेको बताएका छन्।

जिल्लाको ऋषिङ्गको–४ मधुवन र ५ रुपटार मधुवन जोड्ने ज्वाला खोलामा निर्मित पक्की पुलको आज उदघाटन गर्दै उनले पूर्वाधार विकासमा प्रदेश सरकारले चासो दिएर काम गरिरहेको स्पष्ट पारे।

कूल रु तीन करोड २१ लाखको लागतमा २५ मिटर लम्बाइको पक्की पुल निर्माण हालै सम्पन्न गरिएको हो।

अहिले पुल उदघाटन गर्न आएँ, छिट्टै यसै क्षेत्रमा सिँचाइ आयोजनाको पनि उदघाटन पनि गर्न आउनेछु उनले भने।

गाउँमा विकास हुने तर बसाइसराइँका कारण गाउँ रित्तिँदै गएकोतर्फ मध्यनजर गर्दै नागरिकले औलो उठाउने किसिमले कुनै पनि विकास निर्माण नगरिने उनले बताए।। सोही वडास्थित दुई सय वर्ष पुरानो गढ्केश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने उनले जानकारी दिए।

नवलपुरको बुलिङ्गटार–६ र ऋषिङ्ग गाउँपालिका–५ को पिपलटार–अत्रौली जोड्ने पक्की मोटरेवल पुल बन्ने स्थलको निरीक्षण गर्दै प्रदेश सरकारले कठिनाई अवस्थामा पनि रु ४२ करोड बिनियोजन गरेको उनको भनाइ छ। सो अवसरमा मुख्यमन्त्री पाण्डेले ऋषिङ्ग–५ पिपलटारमा निर्माणधीन औद्योगिक ग्रामको पनि अवलोकन गरेका थिए।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले गण्डकी प्रदेश सरकारले विकास र पूर्वाधारलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताए। सो अवसरमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले, भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसी लगायत सहभागिता थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका