Mon May 16 2022
खेलकुद

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदै

कास्की । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।

पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।