Tue May 17 2022
अन्तर्राष्ट्रिय

हलिउड अभिनेत्री रेजिना किंगका छोरा इयानले गरे आत्महत्या

एजेन्सी । चर्चित हलिउड अभिनेत्री तथा निर्देशक रेजिना किङका छोरा इयान अलेक्ज्याण्डरको मृत्यु भएको छ ।

रिपोर्टका अनुसार इयानले आत्महत्या गरेका छन् । तर, यसको कारण भने अझै स्पष्ट भइसकेको छैन । हालै, इयानले आफ्नो २६औं जन्मदिन मनाएका थिए । ।
अचानक आएको यो दुःखद खबरले हलिउड उद्योगमा शोकको लहर छाएको छ । यसबारे धेरै सेलिब्रेटीले दुःख व्यक्त गरेका छन् ।

यो रेजिना र उनको परिवारको लागि एक धेरै कठिन समय हो। यो घटनापछि पूरै परिवार शोको छ ।

इयान रेजिनाको एक्लो सन्तान थिए । एक अभिनेता र निर्देशकको रूपमा रेजिनाजत्तिकै सफल हुनुका साथै उनी ओस्कार विजेता पनि हुन्।

रेजिनाले म्यागजिनमा पठाएको विज्ञप्तिमा इयानको मृत्युको पुष्टि गर्दै भनिन्, ‘इयानको मृत्युले हाम्रो परिवार गहिरो चोट लागेको छ । उनी चम्किलो ज्योति जस्तै हुनुहुन्थ्यो, सधैँ अरुको खुशीको ख्याल गर्नुहुन्थ्यो, उनले भनिन् ।

रेजिना भन्छिन् कि उनको छोरा इयान उनको गर्वको सबैभन्दा ठूलो स्रोत थिए । विवाहको नौ वर्षपछि रेजिना सन् २००७ मा इयानका पितासँग अलग भएकी थिइन् ।