Fri May 20 2022
मुख्य खबर

उपत्यकामा पार्क बन्दै

मेनुका लम्साल- काठमाडौँ उपत्यका विकास प्राधिकरणले एक करोड रुपैयाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क गरी काठमाडौ उपत्यका भित्र चालु आर्थिक वर्षमा ४८ वटा पार्क निर्माण गर्न लागेको जनाएको छ । यस्तै ५० लाख रुपैयाभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा ६ वटा र भक्तपुरमा ८ वटा पार्क निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौँमा ११ करोड ९६ लाख रुपैया, ललितपुरमा ६ करोड ३ लाख रुपैयाँ र भक्तपुरमा पाँच करोड ७० लाख रुपैया विनियोजन गरेको छ ।

काठमाडौँको लैनचौरमा शहीद पार्क, बूूढानीलकण्ठमा गिरिजाप्रसाद पार्क र आमनगर पार्क, शङ्खरापुर–८ मा शान्ति पार्क, कीर्तिपुर–२ मा बालबालिका पार्क र चम्पादेवी पार्क तथा कागेश्वरी मनहरा–७ को कागेश्वरी मन्दिर क्षेत्रमा पार्क निर्माण गर्न लागिएको हो ।

त्यसैगरी ललितपुर महानगरपालिका–२१ को सिकाली मन्दिर परिसरमा पार्क निर्माण, ललितपुर–२२ मा बुङ्मती पार्क निर्माण र गच्चा पार्क निर्माण तथा ललितपुर–२५, भैँसेपाटीको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गरिने प्राधिकरणको भनाइ छ ।

भक्तपुरको सूर्यविनायक–५ मा गणेशमान वाटिका निर्माण, सल्लाघारीमा एउटा, सूर्यविनायक–४ मा अनन्त लिङ्गेश्वर महादेव खोलापार्क र चाँगुनारायण–५ मा नागथली कृष्ण मन्दिर पार्क निर्माण गर्न लागिएको छ । उपत्यकाका विभिन्न स्थानमा हरियाली पार्क निर्माण हुने भएपनि स्थानीय खुसी भएका छन । उनिहरुले उपत्यकाका खाली ठाउँहरुलाई पार्कमा रुपान्तरण गर्ने प्राधिकरणको पहल सह््रानीय भएको वताए ।

साघुरा बस्ति भएको उपत्यकामा काठमाडौ उपत्यका विकास प्राधिकरणले पार्क निर्माणको अभियान थालेको छ । जसले उपत्यकाको सौन्दर्य मात्र बढाउने छैन, सर्वसाधरणलाई फुर्सदको समय विताउन पनि सहयोगी हुनेछ । तर निर्माण गरिएका पार्कहरुको व्यवस्थापनमा समेत ध्यान दिन आवक्यक छ । उपत्यकामै रहेका यसअघि निर्माण भएका पार्कहरु व्यवस्थापनको अभावमा फोहर र दुर्घन्धीत हुने गरेका छन ।