Thu May 26 2022
मुख्य खबर

कञ्चनपुर गड्डाचौकी–चिसापानी राजमार्ग स्तरोन्नति

कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग अन्तर्गत गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग स्तरोन्नतीको काम सुरु भएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्रत्येक वर्षको कार्यक्रम अनुसार यस वर्ष गड्डाचौकीदेखि चिसापानीसम्मको क्षेत्रलाई मर्मत तथा स्तरोन्नती गर्ने कार्यलाई सुरु गरेको हो ।
कार्यालयले हाल ठेक्का प्रक्रिया अगाडि बढाएर स्तरोन्नतीको कार्य सुरु गरेको जनाएको छ । कार्यालयका अनुसार सडक क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्ने, सडक भासिएको ठाउँमा मर्मत गर्ने, साँघुरो स्थानमा सडक चौडा पार्ने र सडक स्तरोउन्नती गर्ने कार्य गरिनेछ ।

त्यस्त गड्डाचौकी क्षेत्रबाट अगाडि बजार क्षेत्रभन्दा अत्तरिया तर्फको राजमार्ग क्षेत्रको चोकको केही भाग गत वर्षको कार्यक्रम अनुसार नै चौडा पारिसकिएको छ । जसका कारण महेन्द्रनगर बजार क्षेत्रको बसपार्क क्षेत्रमा आवतजावत गर्न निकै सहज भएको छ ।

डिभिजन कार्यालयले राजमार्ग पुनस्र्थापना तथा स्तरोउन्नती कार्यक्रम अन्तर्गत यस वर्ष बार्षिक कार्यक्रम अनुसार १० करोड बजेट पाएको छ । जसमा गड्डाचौकीदेखि चिसापानी क्षेत्रसम्म राजमार्ग स्तरोन्नती गर्ने कार्यक्रम रहेको छ ।