Mon Jul 4 2022
आर्थिक

बैंकहरुको नाफा बढ्यो : कसको कति ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।

आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।

गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११।६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१।२४ प्रतिशतले बढेको छ ।

यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैङ्कले दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो ।

यस अवधिसम्म बैङ्कको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ । यसअघि नबिल र एनआईसी एसिया बैङ्क नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको विवरणअनुसार भने ग्लोबल आईएमई बैङ्क नाफामा पनि अगाडि देखिएको हो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।