जोडिनुहोस
  • होमपेज
  • ‘ब्रेक शु’सँगै ल्याएको सुन सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

‘ब्रेक शु’सँगै ल्याएको सुन सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

काठमाडौं – सिनामंगलबाट बरामद तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार मंगलबार गालेर जोख्दा जोख्दा ६० किलो ७१६ ग्राम भएको हो । सोमबार गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम भएको बताइएको थियो। गाल्दा सुनको तौल ७३ ग्राम घटेको हो।

अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने प्रमुख आचार्यले बताए।

राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो स्कुटरको ब्रेक शु बरामद गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका