Sun May 22 2022
मुख्य खबर

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक मात्रै ०.४४ प्रतिशत बढेको छ ।

यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।