Tue May 17 2022
मुख्य खबर

दार्चुलामा विद्यालयको खेल मैदान निर्माणमा भ्रष्टाचार भएको आरोप

 

रमेश खत्री- दार्चुलाको महाकाली नगरपालिकामा विद्यालयको खेल मैदान निर्माणमा भ्रष्टाचार भएको भन्दै स्थानीयले विरोध गरेका छन ।

महाकाली ७ स्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको खेल मैदान विस्तारमा भ्रष्टचार भएको स्थानीयले आरोप लगाएका छन ।

दार्चुलाको महाकाली नगरपालिका ७ स्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको खेल मैदान निर्माण गरिएको छ । नगरपालिका र विद्यालयको आर्थिक साझेदारीमा निर्माण गर्न लागिएको हो । तर त्यसका लागि आवश्यक लागत अनुमान तयार नगरी काम सुरु गरेको भन्दै भ्रटाचार गर्न खोजेको स्थानीयले आरोप लगाएका छन ।

विद्यालयको ४० र नगरपालिकाको २५ लाख लागतमा बन्ने खेल मैदान निर्माण गर्न, ठेक्का सम्झौता नभएकाले विबाद भएको विद्यालयका प्रधानाध्यापक सुन्द्रसिह बुढाथोकीले बताए ।

सार्वजनीक खरिद ऐन अन्तरगत विकास निर्माण गर्दा उपभोक्ता समिति या ठेक्का टेन्डरबाट सम्झौता गरि काम गर्नुपर्ने कानुनी व्यवस्था छ । तर विद्यालयमा भएको खेल निर्माणमा कुनै सम्झौता नभएकाले त्यसको विरोध गरेको एमाले महाकाली नगर कमिटि अध्यक्ष नरसिह चौसिरले बताए ।

खेल मैदान निर्माणका लागि नगरपालिकामा भने सोमबार मात्रै सम्झौताका लागि फाईल पेश गरेको छ । तर विद्यालयमा यसअघि नै काम सुरु भएकोबारे नगरपालिकालाई जानकारी नभएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नरसिह बडालको भनाई छ ।
तर विद्यालय व्यवस्थापन समितिले मौखिक रुपमा नमस्कार निर्माण सेवालाई काम गर्न अनुमति दिएको पाइएको छ ।