Thu May 19 2022
मुख्य खबर

भारतको ७३ औं गणतन्त्र दिवसका अवसमार विपिन रावतलाई पद्म विभूषण

काठमाडौं – भारतले आज ७३ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको नाम घोषणा गरिएको छ ।

केन्द्रीय गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिने छ ।

पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो नागरिक सम्मान हो । यसपटक पद्म विभूषण पाउनेहरुमा गत डिसेम्बर महिनामा हेलिकप्टर दुर्घटनामा निधन भएका सैनिक जनरल विपिन रावत, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरस्थित गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन् ।

यीमध्ये प्रभा यात्रेबाहेक अन्य तीनजनालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो ।