Mon May 23 2022
मुख्य खबर

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पर्सा – १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबर्जस्ती करणी गर्दै आएको यादवमाथि आरोप छ ।

यादवलाई घरबाटै नियन्त्रणमा लिई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालर्यले जनाएको छ ।