जोडिनुहोस
  • होमपेज
  • प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा दोस्रोपटक भारत भ्रमणमा जाने भएका छन् । सेनापति नियुक्त भएपछि उनी पहिलोपटक २०२२ नोभेम्बर ९–१२ सम्म भारत भ्रमणमा गएका थिए ।

नेपाल र भारतमा प्रधानसेनापति नियुक्त भएपछि दुवै देशका प्रधानसेनापतिले भ्रमण गर्ने प्रचलन छ । सोहीअनुसार शर्मा प्रधानसेनापति नियुक्त भएलगत्तै भारत गएका थिए ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शर्मा आगामी सेप्टेम्बर २५ देखी २७ सम्म भारतको औपचारिक भ्रमणमा जाने तयारीमा जुटेका छन् ।

यसपटकको भारत भ्रमण भने आपसी हित र दुई देशका सेनाको प्रशिक्षण, आवश्यक हतियारका विषयमा कुराकानी गर्न रहेको बुझिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका